दफा ३४
अनधिकार प्रतिलिपिको पैठारी रोक्ने सम्बन्धी भन्सार अधिकृतको अधिकार
(१) दफा २६ उल्लङ्घन गरी कसैले नेपाल ……….. भित्र अनधिकार प्रतिलिपिको सामग्री पैठारी गर्न लागेको छ भन्ने शङ्का लागेमा त्यस्तो सामग्रीको पैठारीमा रोक लगाउन प्रमाण सहित भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा भन्सार अधिकृतले आवश्यक जाँचबुझ गर्दा निवेदकको माग मनासिव देखिन आएमा निजले पैठारी हुन लागेको सामग्रीलाई एक पटकमा दश कार्यदिन गरी बढीमा बीस कार्यदिनसम्म रोक लगाउन सक्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा भन्सार अधिकृतले आवश्यक जाँचबुझ गर्दा निवेदकको माग मनासिव देखिन आएमा निजले पैठारी हुन लागेको सामग्रीलाई एक पटकमा दश कार्यदिन गरी बढीमा बीस कार्यदिनसम्म रोक लगाउन सक्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि भन्सार अधिकृतले नेपाल ………. भित्र अनधिकार प्रतिलिपिको सामग्री पैठारी गर्न लागेको थाहा पाएमा वा शङ्का लागेमा त्यस्तो सामग्रीलाई एक पटकमा दश कार्यदिन गरी बढीमा बीस कार्यदिनसम्म रोक लगाउन सक्नेछ ।
(४) अनधिकार प्रतिलिपिको पैठारी रोक्ने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।